कञ्चनपुर: श्रीमान्‌को कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। दोधाराचाँदनी नगरपालिका–१० फगिरे चौराहाका ४५ वर्षीय रनबहादुर सुनारको कुटपिटबाट उनकी ४२ वर्षीया श्रीमती पारु सुनारको मृत्यु भएको हो।

श्रीमान्‌को कुटपिटबाट घाइते भएकी पारुको दोधाराचाँदनी अस्पतालमा उपचार गरिएको थियो। बुधबार मात्रै अस्पतालबाट डिस्चार्ज भएकी उनको बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

श्रीमतीको मृत्युपछि इलाका प्रहरी कार्यालय दोधाराले आरोपी श्रीमान् रनबहादुर सुनारलाई पक्राउ गरेको छ। उनलाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय