काठमाडौँ :यातायात व्यवस्था विभागमा विगत ४ वर्षदेखि थुप्रिएको करिब २९ लाख स्मार्ट ड्राइभिङ लाइसेन्सको ब्याकलग छपाइ कार्य अन्ततः पूरा भएको छ।

सुरक्षण मुद्रण केन्द्रले असार मसान्तभित्रै छपाइ सक्ने सम्झौता अनुरूप २५ लाख ९२ हजारभन्दा बढी लाइसेन्स छापेर कार्य सम्पन्न गरेको हो।विभाग र केन्द्रबिच भएको सम्झौता अनुसार कुल २९ लाख डाटा बुझाइएकोमा १ वर्षभन्दा कम म्याद बाँकी रहेका करिब ३ लाख लाइसेन्स भने तत्काल नछापिने भएका छन्। यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाका अनुसार ती लाइसेन्स सेवाग्राहीले नवीकरण गरेपछि मात्र छापिनेछन्।

विगतमा मेसिन र कार्डको अभाव तथा २०८२ सालको जेनजी आन्दोलनका क्रममा विभागको छपाइ मेसिनमा क्षति पुगेपछि लाइसेन्स छपाइ ठप्प भएको थियो। त्यसपछि सरकारले छपाइको जिम्मा सुरक्षण मुद्रण केन्द्रलाई दिएको थियो। केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाका अनुसार पुराना ब्याकलगका लाइसेन्सहरू अन्तिम चरणको कटिङपछि विभागमा बुझाइनेछ।

पुराना ब्याकलग सकिए पनि दैनिक रूपमा आउने ३ देखि ४ हजार नयाँ तथा नवीकरण भएका लाइसेन्स छपाइको काम भने निरन्तर चलिरहने केन्द्रले जनाएको छ। सुरक्षण मुद्रण ऐनको व्यवस्था अनुसार अब आगामी दिनमा पनि सवारी लाइसेन्स छपाइको सम्पूर्ण काम सुरक्षण मुद्रण केन्द्रबाटै निरन्तर हुने भएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय