काठमाडौँ  :वाणिज्य बैंकहरूले साउन महिनाका लागि निक्षेपको ब्याजदर थप घटाएका छन्। सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ तालिका अनुसार असारको तुलनामा साउनमा ब्याजदर घटेको हो।

साउन महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा वाणिज्य बैंकहरूबाट अधिकतम ४.१६ प्रतिशत मात्रै औसत ब्याज पाइनेछ। यसअघि असारमा यस्तो औसत ब्याजदर ४.२५ प्रतिशत थियो।

चालु महिनाका लागि कुल ६ वटा बैंकले ब्याजदर घटाएका हुन्। जसमा राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा बढी ०.७५ प्रतिशत विन्दु र ग्लोबल आइएमई बैंकले ०.५ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन्। यस्तै, एनएमबि, सिटिजन्स, स्ट्याण्डर्ड चार्टर्ड र कुमारी बैंकले पनि ब्याजदरमा कटौती गरेका छन्।

नयाँ ब्याजदर अनुसार साउनमा सबैभन्दा धेरै ब्याज दिनेमा नबिल र प्रभु बैंक रहेका छन्, जसमा ग्राहकले अधिकतम ४.५५ प्रतिशत सम्म ब्याज पाउनेछन्। त्यसैगरी, कुमारी र स्ट्याण्डर्ड चार्टर्ड बैंकमा भने सबैभन्दा कम ३.९५ प्रतिशत मात्रै ब्याजदर तोकिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय