काठमाडौँः गोरखामा गएको पहिरोले पेट्रोल पम्प र एक घरमा क्षति पुर्‍याएको छ ।

बिहीबार बिहान गोरखा नगरपालिका–११ बाह्रकिलोस्थित पेट्रोल पम्प पछाडिबाट खसेको पहिरोले पम्पको डिस्टेन्सर मेसिन र पार्किङमा रहेका पाँच वटा मोटरसाइकल पुरिएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयको सहयोगमा पहिरो हटाउने काम भइरहेको छ । यस्तै, बुधबार राति पालुङटार नगरपालिका–१ कोलकोटेमा लेदोसहितको पहिरोले बाबुराम थापाको एकतले पक्की घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

पहिरोपछि परिवार पुरानै घरमा सरेको प्रहरीले जनाएको छ । घटनामा कुनै मानवीय क्षति नभएको र प्रभावित क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय