काठमाडौँः नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने तयारी भएको छ ।

देउवानिकट नेता डा. प्रकाशशरण महतका अनुसार उनी हङकङबाट साउन २६ गते राति ९ः४५ बजे काठमाडौं आइपुग्नेछन् । यद्यपि, देउवाका स्वकीय सचिव भानु देउवाले फर्किने मिति अझै अन्तिम नभएको भन्दै साउन २६ वा २८ गतेमध्ये कुनै एक दिन स्वदेश फर्किन सक्ने बताएका छन् । देउवा थप उपचारका लागि २०८२ चैत ७ गते सिंगापुरबाट हङकङ गएका थिए ।

उनी त्यसअघि फागुन १३ गते सिंगापुर एयरलाइन्समार्फत उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय