काठमाडौँः ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार दुर्घटनामा करिब ४० वर्षीया महिलाको मृत्यु भएको हो । बिहीबार बिहान साढे १० बजे कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको बस फ्लाइओभरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते ६ जनालाई उपचारका लागि बी एण्ड बी अस्पताल पठाइएको छ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।






