काठमाडौँ :विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतसम्भार सम्झौता (एएमसी) भ्रष्टाचार मुद्दाका सबै १८ जना आरोपितहरूलाई सफाइ दिएको छ ।

न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले प्रमाण नपुगेको भन्दै उनीहरूलाई एकमुष्ट सफाइ दिएको हो । सफाइ पाउनेहरूमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशकद्वय सुनिल पौडेल र संगीता पहाडी, तत्कालीन प्रमुख प्राविधिक अधिकृत प्रतिभा वैद्य, चिनियाँ कम्पनी एसिया–एन्फो र नेपाल एजेन्ट अरनिको इन्टरनेसनलका शैलेश श्रेष्ठसहित १८ जना रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वार्षिक मर्मतसम्भार ठेक्कामा ५ प्रतिशत छुटको दाबी नगरेर राज्यकोषलाई ३३ करोड ४८ लाख रुपैयाँ नोक्सानी पु¥याएको भन्दै मुद्दा दायर गरेको थियो।
तर, विशेष अदालतले मूल सम्झौतामै मर्मतसम्भार शुल्क हेरफेर र वार्ता गर्न सकिने व्यवस्था रहेको, ठेकेदार कम्पनीले ५ प्रतिशत छुट नहुने जानकारी पहिले नै गराएको र कर्मचारीहरूले बदनियतपूर्वक काम गरेको पुष्टि नभएको ठहर गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय