काठमाडौं :त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो एक युवकले आफ्नै शरीरमा आगो लगाएका छन्।
मुगु घर भई भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपालीले मोटरसाइकलबाट पेट्रोल निकालेर आत्मदाहको प्रयास गरेका हुन्। महानगर प्रहरीले नो(पार्किङमा राखिएको उनको मोटरसाइकलमा व्हील लक लगाइदिएपछि आवेगमा आएर उनले सो कदम चालेको काठमाडौं प्रहरी परिसरले जनाएको छ। जलेर गम्भीर घाइते भएका नेपालीको अहिले वीर अस्पतालको आइसीयुमा उपचार भइरहेको छ।
उपचारमा संलग्न चिकित्सकहरूका अनुसार युवकको शरीरको करिब ७० प्रतिशत भाग जलेकाले अवस्था चिन्ताजनक छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।






