काठमाडौँ :नेपाल बाल संगठन (बाल मन्दिर) मा भएको आर्थिक अनियमितता र ठगी प्रकरणमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बाल मन्दिर नक्सालकी तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख ५४ वर्षीया आशा श्रेष्ठ, बाल संगठन ललितपुरका तत्कालीन सभापति ६२ वर्षीय ओमकृष्ण कर्माचार्य र काठमाडौं जिल्ला कार्यसमितिका तत्कालीन सचिव ५१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ रहेका छन् ।

नेपाल बाल संगठन सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन र प्रहरी अनुसन्धानका आधारमा उनीहरूले बाल मन्दिरबाट अनियमित रूपमा रकम लिई ठगी गरेको पाइएको सीआईबीले जनाएको छ । काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर उनीहरूलाई असार २४ गते पक्राउ गरिएको हो ।

अदालतबाट म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय