काठमाडौँ :वर्षौंदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने जिम्मेवारी सरकारले नेपाली सेनालाई सुम्पेको छ।

यही असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सेनालाई उद्योगको व्यवस्थापन र सञ्चालनको जिम्मा दिने निर्णय गरेको हो। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सेनाले पहिलो चरणमा उद्योगमा रहेका पुराना मेसिनहरूको अवस्था बुझ्न प्राविधिक अध्ययन गर्नेछ। मेसिनहरूको मर्मत९सम्भार गरिसकेपछि छिट्टै कपडाको परीक्षण उत्पादन सुरु गर्ने सेनाको योजना छ।

उद्योग मन्त्रालयले सम्भाव्यता अध्ययनका लागि ३३ लाख रुपैयाँ बजेटसमेत निकासा गरिसकेको छ। चीन सरकारको सहयोगमा वि.सं.२०३२ सालमा स्थापना भएको यो उद्योग व्यवस्थापकीय कमजोरी र लोडसेडिङका कारण २०५६ सालदेखि पूर्ण रूपमा बन्द भएको थियो। सेनाले तयार पारेको कार्ययोजना अनुसार सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका साथै सरकारी कर्मचारीका लागि आवश्यक पर्ने वार्षिक करिब २६ लाख मिटर कपडा यही उद्योगबाट उत्पादन गर्ने लक्ष्य राखिएको छ। उद्योग पूर्ण रूपमा सञ्चालनमा आएपछि अर्बौँको आयात प्रतिस्थापन भई देश कपडामा आत्मनिर्भर हुने विश्वास गरिएको छ

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय