काठमाडौँ:अभिनेत्री दीपाश्री निरौलाको स्वास्थ्य अबस्थामा सुधार आएको छ ।
स्वास्थ्यमा समस्या देखएपछि केहि दिन अघि अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएकी उनमा ब्रेन ट्युमर देखिएको थियो । अभिनेता एवम् उनका नजिकका पात्र दीपकराज गिरीका अनुसार शल्यक्रिया सफल भएको छ । आइसियूबाट वार्डमा सारिएका निरौला अहिले स्वास्थ्यलाभ गरिरहेकी छन् । ’छ माया छपक्कै २’ को सुटिङकै बीचमा दीपाश्रीलाई ब्रेन ट्यूमर भएको पत्ता लागेको थियो ।
निरौलालाई सत्यसंवादका तर्फबाट स्वास्थलाभको कामना ।






