काठमाडौँ :सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ७ चोहर्वामा रहेको पशु हाटबजार परिसरको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय अवास शेखका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीय छोरा साइफुल शेख रहेका छन्।

रौतहटको जिगरवा घर भई विगत तीन दशकदेखि गोलबजारमा कवाडी संकलन गरी जीविकोपार्जन गर्दै आएका शेखका बालबालिकाहरू आइतबार दिउँसो घरबाट खेल्न निस्किएका थिए। खेल्ने क्रममा पशुहरूलाई पानी खुवाउन बनाइएको खाल्डोमा नुहाउन लाग्दा उनीहरू डुबेका हुन्।

घटना लगत्तै स्थानीयवासी र सुरक्षाकर्मीले उद्धार गरी अस्पताल पुर्‍याए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय