काठमाडौं :दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर १ क्याङ्पोलमा पहिरोमा परि एक चार महिने शिशुको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार गएराति करिब ९ बजे गएको पहिरोमा परी ४ महिनाकी एलिना थामीको मृत्यु भएको हो। पहिरोमा परि उनकी १९ वर्षीया आमा शर्मिला थामी गम्भीर घाइते भएकी छन्।

भिमेश्वर नगरपालिका–१ सुस्पास्थित माइतीघरबाट बोलेरो गाडी चढेर घर फर्किने क्रममा उनीहरू पहिरोमा परेका हुन्। सुनखानी–साङवा सडक खण्डको क्याङपोल हेलेक्पाथालीमा पहिरोले सडक अवरुद्ध भएपछि गाडीबाट ओर्लिएर पैदल हिँड्ने क्रममा माथिबाट खसेको अर्को पहिरोले उनीहरूलाई पुरेको थियो।

स्थानीय बासिन्दाले तत्काल उद्धार गरी उनीहरूलाई चरिकोटस्थित धुलिखेल अस्पतालको शाखा अस्पताल पुर्‍याएका थिए। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले शिशुलाई मृत घोषणा गरेका हुन्। घाइते आमा शर्मिलाको प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय