काठमाडौँँ:काठमाडौँ उपत्यकामा सञ्चालित साझाका हरियो बसलाई ब्लु बसमा रूपान्तरण गर्ने सरकारको प्रस्ताव साझा यातायातले अस्वीकार गरेको छ।

वालेन्द्र शाह नेतृत्वको रास्वपा सरकारले सातै प्रदेशमा महिलाहरूका लागि निःशुल्क ब्लु बस सञ्चालन गर्ने योजनाअन्तर्गत साझाका आठवटा विद्युतीय बसको रङ बदल्न प्रस्ताव गरेको थियो। तर, साझा यातायातका प्रबन्ध निर्देशक भूपेन्द्र अर्यालले सरकार परिवर्तन भइरहने र सरकारैपिच्छे बसको रङ परिवर्तन गर्न नसकिने स्पष्ट पार्नुभएको छ। ६४ वर्ष पुरानो ऐतिहासिक ब्रान्डको पहिचान बोकेको हरियो रङ पूर्ण रूपमा परिवर्तन गर्नुको साटो, महिलाहरूका लागि विशेष ब्लु बस सेवा बुझाउन बसमा नीलो स्टिकर वा सङ्केत मात्र राखेर सञ्चालन गरिने अर्यालले जानकारी दिनुभयो।

पाइलट प्रोजेक्टका रूपमा सुरु हुन लागेको यो सेवाका लागि ६ वटा विद्युतीय बस प्रयोग गरिनेछ, जसको व्यवस्थापनका लागि साझाले सरकारसँग वार्षिक करिब साढे ३ करोड रुपैयाँ खर्च प्रस्ताव गरेको छ। आगामी आर्थिक वर्षको सुरुदेखि नै यो सेवा सञ्चालन गर्ने गरी पूर्वाधार विकास मन्त्रालय, यातायात व्यवस्था विभाग र साझा यातायातबीच सम्झौताको तयारी भइरहेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय