थाइल्यान्डको राजधानीमा आगलागीको कारण २७ जनाको मृत्यु भएको छ ।
थाइल्यान्डको बैंककस्थित एक पबमा सोमबार मध्यरातमा लागेका आगलागीले ठूलो मात्रामा क्षति पुगेको छ । आगलागिमा परि अन्य ६३ जना घाइते भएका छन् । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमध्ये ९ जना पुरुष र १८ जना महिला छन् । उत्तरी क्षेत्रीय बैंककको ना लाडफ्राओ पबमा लागेको आगो करिब आधा घण्टापछि नियन्त्रणमा आएको थियो ।






