काठमाडौँ:यो वर्ष देशभरको धान रोपाइँमा उल्लेख्य कमी आएको छ। कृषि विभागको तथ्यांक अनुसार असार २६ गतेसम्म देशभर जम्मा ४९ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ। गत वर्षको यसै अवधिको तुलनामा यो वर्ष सबै प्रदेशमा रोपाइँको रफ्तार सुस्त देखिएको हो।

विभागका अनुसार यो वर्ष देशभर कुल १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएकोमा हालसम्म ६ लाख ८२ हजार हेक्टरमा मात्रै रोपाइँ भएको छ।

कोशी र मधेशमा अवस्था निराशाजनक, सुदूरपश्चिम अगाडि

रोपाइँ योग्य जमिनको तुलनामा यो वर्ष सबैभन्दा कम रोपाइँ कोशी र मधेश प्रदेशमा भएको छ भने सबैभन्दा बढी सुदूरपश्चिम र गण्डकी प्रदेशमा देखिएको छ।

  • कोशी प्रदेश: २ लाख ७६ हजार हेक्टर रोपाइँयोग्य जमिनमध्ये हालसम्म मात्रै ८७ हजार हेक्टर (३१ प्रतिशत) मा रोपाइँ भएको छ। गत वर्ष यसै समयमा यहाँ ४१ प्रतिशत रोपाइँ भइसकेको थियो।

  • मधेश प्रदेश: यहाँ यसपटक रोपाइँयोग्य जमिन बढेर ३ लाख ८५ हजार हेक्टर पुगेको छ (गत वर्ष ३ लाख ७२ हजार हेक्टर थियो)। तर, हालसम्म १ लाख २६ हजार हेक्टर (३२ प्रतिशत) मा मात्रै रोपाइँ सकिएको छ। गत वर्ष यो समयमा ३३ प्रतिशत रोपाइँ भइसकेको थियो।

अन्य प्रदेशको अवस्था:

  • बागमती प्रदेश: १ लाख १४ हजार हेक्टर रोपाइँयोग्य जमिनमध्ये हालसम्म ६५ हजार हेक्टरमा रोपाइँ सम्पन्न।

  • गण्डकी प्रदेश: ९३ हजार हेक्टरमध्ये ६१ हजार हेक्टरमा रोपाइँ सकियो।

  • लुम्बिनी प्रदेश: ३ लाख १ हजार हेक्टरमध्ये १ लाख ७९ हजार हेक्टरमा रोपाइँ सकियो।

  • कर्णाली प्रदेश: ४३ हजार हेक्टरमध्ये २६ हजार हेक्टरमा रोपाइँ सम्पन्न।

  • सुदूरपश्चिम प्रदेश: १ लाख ५५ हजार हेक्टरमध्ये १ लाख ३६ हजार हेक्टरमा रोपाइँ सकिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय