काठमाडौँ :साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ।

अमेरिकाको एटलान्टा स्टेडियममा आज बिहान सम्पन्न रोमाञ्चक सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई २–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले फाइनलमा स्थान सुरक्षित गरेको हो।

एक गोलले पछि परेको स्थिति उल्टाउँदै अर्जेन्टिनाले खेलको अन्तिम समयमा सानदार पुनरागमन ग¥यो। अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गरे भने इंग्ल्यान्डका तर्फबाट एन्थोनी गोर्डनले सुरुवाती गोल गरेका थिए।

खेलको ५५ औं मिनेटमा गोर्डनको गोलमार्फत इंग्ल्यान्डले अग्रता लिए पनि ८५ औं मिनेटमा कप्तान लियोनल मेसीको पासमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काए। त्यसैगरी, दोस्रो हाफको इन्जुरी समयमा ’सुपर सब’ लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

यो जितसँगै ३ पटकको विश्वविजेता अर्जेन्टिना सातौंपटक विश्वकपको फाइनलमा पुगेको छ। अब अर्जेन्टिनाले उपाधिका लागि स्पेनको सामना गर्नेछ। पराजित इंग्ल्यान्ड भने तेस्रोपटक विश्वकपको सेमिफाइनलबाटै बाहिरिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय