पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) मा विभाजन भएको छ। पार्टीको एक समूहले ‘नयाँ शक्ति’लाई पुनः सक्रिय बनाउने घोषणा गरेको छ। यसैबीच, जनमत पार्टीका नेता सन्तोष परियारलाई पनि नयाँ राजनीतिक समीकरणमा जोड्ने प्रयास भइरहेको चर्चा छ।






