काठमाडौँः पाल्पाको सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको गौडेपुलनजिक बिहीबार बिहान सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
बिहान करिब ११ः३० बजे खसेको पहिरोका कारण सयौँ सवारीसाधन बाटोमै रोकिएका छन् भने यात्रुहरू गन्तव्यमा पुग्न सकेका छैनन् । सडक खुलाउने प्रयास भइरहे पनि पहिरो पन्छाउने क्रममा प्रयोग गरिएको डोजरको टायर पञ्चर भएपछि अर्को डोजर ल्याउने तयारी गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
गौडेपुल क्षेत्रमा हरेक वर्ष सुक्खा पहिरो खस्ने समस्या दोहोरिने गरेको छ ।






