काठमाडौँः पाल्पाको तानसेन–४ स्थित मिलेनियम माध्यमिक विद्यालयको क्यान्टिनमा गत साउन ७ गते भएको आगलागीमा गम्भीर घाइते भएकी ८ वर्षीया साजुदा वानुको उपचारका क्रममा मृत्यु भएको छ ।

एलकेजीमा अध्ययनरत वानु नास्ता खाने क्रममा ग्यासको पाइप फुस्किएर लागेको आगलागीमा गम्भीर घाइते भएकी थिइन् । प्रारम्भिक उपचार तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा गरिएपछि थप उपचारका लागि काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पताल लगिएको थियो । उपचारकै क्रममा बुधबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

आगलागीमा उनको अनुहार, दुवै हात, छातीको दायाँ भाग तथा कम्मरदेखि पैतालासम्म गरी शरीरको ३५ प्रतिशतभन्दा बढी भाग जलेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय