काठमाडौँः गुण्डागर्दीबाट अवैध रूपमा सम्पत्ति कमाएको आरोप लागेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सर्वोच्च अदालतले सफाइ दिएको छ।
न्यायाधीश अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासले आठ वर्षअघि विशेष अदालतले दिएको सफाइको फैसला सदर गरेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूमाथि ७ करोड ८ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप लगाएको थियो । विशेष अदालतले १० माघ २०७४ मा उनीहरूलाई सफाइ दिएको थियो ।
उक्त फैसलाविरुद्ध विभागले सर्वोच्चमा पुनरावेदन गरेको थियो ।






