काठमाडौँः नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने र विकास साझेदारी बढाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य गर्नुपर्नेमा जोड दिएको छ ।
राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै दुई देशबीचको सम्बन्ध र सहकार्य थप मजबुत बनाउने प्रतिबद्धता जनाए ।






