काठमाडौँः हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा आजदेखि केन्द्रीय सदस्यहरूले धारणा राख्न थालेका छन् । बैठकमा छलफलका लागि आठ वटा एजेण्डा तय गरिएको छ ।

बैठकमा १५औँ महाधिवेशनको तयारी, नियमावली तथा निर्वाचन निर्देशिका, सदस्यता अद्यावधिक र वितरण, महाधिवेशन तयारी समिति तथा विधान मस्यौदा समिति गठनलगायत विषयमा छलफल हुँदैछ । यस्तै, प्रचारप्रसार, भोजन तथा आवास र मञ्च व्यवस्थापनका लागि उपसमिति गठन तथा विभिन्न समितिका निर्णय अनुमोदनका विषय पनि एजेण्डामा छन् । बैठकमा तराई–मधेसमा पछिल्लो समय भएका घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने विषयमा पनि छलफल हुनेछ ।

साथै सरकारका १०० दिनपछिका गतिविधि, प्रमुख प्रतिपक्षी दलका रूपमा संसद र संसदबाहिर पार्टीको भूमिका, प्रदेश सरकारको राजनीतिक परिस्थिति तथा समसामयिक विषयमा पनि सदस्यहरूले धारणा राख्नेछन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय