काठमाडौँ :नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने कर पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। मंगलबार बसेको बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने यस्ता विद्युतीय सवारी साधनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा शतप्रतिशत छुट दिने निर्णय गरेको हो।

यस्तै, सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गरेको छ। सहिद घोषित हुनेहरूमा सुनसरीका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहाका गनेश कुमार यादव रहनुभएको छ।

बैठकका अन्य निर्णयहरूमा पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न सहमति दिइएको छ भने वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा बाराका निर्मल कुमार उप्रेतीलाई नियुक्ति गरिएको छ।

यसैगरी, पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० लाई सार्वजनिक गर्ने निर्णय समेत सरकारले गरेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय