काठमाडौँः चीनतर्फ न्यालमस्थित झिम्मु पोस्ट नजिकै ठूलो पहिरो खस्दा भोटेकोशी नदीको बहाव करिब आधा थुनिएको छ ।

आज बिहान भोटेकोशी गाउँपालिका–२ लिपिङको पारिपट्टि चीनतर्फ ढुङ्गामाटोसहितको पहिरो खसेको हो । पहिरोका कारण जुनसुकै बेला विपद् निम्तिन सक्ने भन्दै तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । भोटेकोशी, बाह्रबीसे र बलेफी क्षेत्रका नदी किनारका बासिन्दालाई सतर्क रहन तथा जोखिमयुक्त क्षेत्रमा नजान सशस्त्र प्रहरी बल लामोसाँघुले अनुरोध गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय