काठमाडौँः हुम्लाको नाम्खा गाउँपालिका–२ नावलथाङबाट प्रहरीले ठूलो परिणाममा अवैध चिनियाँ मदिरा र बियर बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार ५९४ कार्टुनमा रहेका ७ हजार १२८ बोतल चिनियाँ मदिरा र १९४ कार्टुनमा रहेका ४ हजार ६५६ बोतल बडवाइजर बियर बरामद गरिएको हो । बरामद मदिराको अनुमानित मूल्य ५१ लाख ९३ हजार ६ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ । लुकाइछिपाइ राखिएको अवस्थामा मदिरा बरामद गरिएको डीएसपी शंकर खड्काले बताए ।

उनका अनुसार चिनियाँ मदिराको अनुमानित मूल्य प्रतिबोतल ५०० रुपैयाँ र बडवाइजर बियरको प्रतिबोतल ३५० रुपैयाँ पर्छ । बरामद गरिएको मदिरा तथा बियर कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाको रोहबरमा नष्ट गरिने प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय