काठमाडौँः सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शुक्रबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँसमक्ष भट्टले शपथ लिएका हुन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेशसभा संसदीय दलका नेता भट्ट नेकपा एमाले र नेकपाबीच भएको तीनबुँदे सहमतिअनुसार दुई दलको गठबन्धनबाट मुख्यमन्त्री बनेका हुन् । यसअघि बिहीबार नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।
त्यसपछि प्रदेश प्रमुख मियाँले शुक्रबार भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।






