काठमाडौँः सरकारले न्यायपालिका तथा संवैधानिक निकायका पदाधिकारीको नयाँ तलबमान तोकेको छ । अर्थ मन्त्रालयले ६ साउनमा राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ तलबमान निर्धारण गरेको हो। यो तलबमान १ साउन २०८३ देखि लागू हुनेछ ।

नयाँ तलबमानअनुसार प्रधानन्यायाधीशको मासिक तलब १ लाख १२ हजार ५२२ रुपैयाँ पुगेको छ । सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य र महान्यायाधिवक्ताको मासिक तलब ९३ हजार ५४७ रुपैयाँ तोकिएको छ । यस्तै, उच्च अदालतका मुख्य न्यायाधीशले ९० हजार ६४० रुपैयाँ, उच्च अदालतका न्यायाधीशले ८४ हजार ५९० रुपैयाँ र जिल्ला न्यायाधीशले ७७ हजार ११० रुपैयाँ मासिक तलब पाउनेछन् ।

संवैधानिक निकायका प्रमुखको तलब सर्वोच्च अदालतका न्यायाधीशसरह ९३ हजार ५४७ रुपैयाँ तोकिएको छ । अन्य पदाधिकारीले ८५ हजार ४२६ रुपैयाँ पाउनेछन् । संघीय संसदका महासचिवको मासिक तलब ८४ हजार ९३२ रुपैयाँ र सचिवको ७९ हजार २९० रुपैयाँ निर्धारण गरिएको छ ।

न्यायाधीश तथा पदाधिकारीले तलबसँगै आवास, बिजुली, धारा, टेलिफोन, सवारी तथा इन्धन, दैनिक तथा भ्रमण खर्चलगायत विभिन्न सुविधा पनि पाउने व्यवस्था छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय