काठमाडौँः सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्टले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
उनले प्रदेश प्रमुख नजिर मियाँसमक्ष संविधानको धारा १६८(२) बमोजिम दाबी पेस गरेका हुन् । मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि शुक्रबार बिहान ११ बजेसम्मको समय दिएका थिए । प्रदेश प्रमुखले आजै भट्टलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ । नियुक्तिपछि दिउँसो ३ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।
नेकपा र एमालेबीच मन्त्रालय भागबन्डा पनि भइसकेको छ । नेकपाले मुख्यमन्त्रीसहित चार र एमालेले तीन मन्त्रालय पाउने सहमति भएको छ ।






