काठमाडौँः जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई जिल्ला प्रहरी परिसर भद्रकालीबाट प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा सारिएको छ ।
प्रहरीले श्रेष्ठलाई महाराजगञ्ज वृत्तमा राखिएको पुष्टि गरेको छ । वैयक्तिक गोपनीयता भंग गरेको उजुरीका आधारमा श्रेष्ठलाई २७ साउनमा कुसुन्तीस्थित निवासबाट पक्राउ गरिएको थियो । अदालतले बिहीबार उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
श्रेष्ठलाई गैरकानुनी थुनामा राखिएको भन्दै परेको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले बरामद सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।






